• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

चौधरी ग्रुपले नेपाली बजारमा भित्र्यायो मोटोराला मोबाइल स्मार्टफोन

2.2K
SHARES



काठमाडौँ । चर्चित मोबाइल ब्रान्ड मोटोरोला नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको छ । बिहीबार काठमाडौंको भिभान्ता होटलमा आयोजित विशेष कार्यक्रममार्फत चाैधरी ग्रुप अन्तर्गतको सीजी मोबाइलले यो ब्रान्ड नेपाल भित्रिएको घोषणा गरेको हो ।

सो अवसरमा विभिन्न रेन्ज र बजेट अनुसारका मोटोरोला स्मार्टफोन सार्वजनिक गरिएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र भारत अफलाइन तथा सार्क देशका प्रमुख विपिन रैनाले मोटोरोला ब्रान्डका मुख्य विशेषताहरु प्रस्तुत गरे ।

मोटोरोला स्मार्टफोनहरुमा कुनै ब्लोटवेयर नहुने, छिटो र सहज प्रयोग गर्न सकिने, शुद्ध एन्ड्रोइडको अनुभव पाइने कम्पनीको भनाइ छ । मोटोरोलाका सबै फाईभ जि स्मार्ट फोन आ–आफ्नो क्याटोगोेरीमा मूल्य र स्पेसिफिकेसनका आधारमा क्याटोगोरी लिडर रहेको कम्पनीले दावी गरेको छ ।

नेपाली बजारका लागि प्राथमिकता सहित विशेष मूल्य निर्धारण गरेको मोटोरोलाका स्मार्टफोनहरु रिटेल आउटलेट तथा सिजी डिजिटल तथा दराज लगायतका अनलाईन प्लेटफर्ममा समेत उपलब्ध रहेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ