• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

६२ अंकले बढ्यो नेप्से, पौने १० अर्बको कारोबार

1.6K
SHARES



काठमाडौँ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ६२.५४ अंकले बढेर २ हजार ७ सय ३८.०६ विन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा यो २.३३ प्रतिशतले बढी हो । अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्से आइतबार उच्च अंकले बढेको हो ।

सो दिन कारोबारमा आएकामध्ये २२८ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १३ वटाको घट्यो । बाँकी ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आइतबार १ लाख ६ सय ५१ पटकको कारोबारमा २ करोड २४ लाख ७४ हजार २ सय ८१ कित्ता सेयर किनबेच भए ।

ती किनबेचमा ९ अर्ब ७७ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढी हो । गत बुधबार ५ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ