• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    अमेरिकी राष्ट्रपति निर्वाचन- डोनाल्ड ट्रम्पको जीत सुनिश्चित

    559
    SHARES



    वासिङ्टन डिसी । अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जीत सुनिश्चित देखिएको छ । अमेरिकी मिडिया आउटलेटहरु फक्स न्यूज, सीएनएनले यस्तो घोषणा गरेका छन् । अहिलेसम्म पनि मतगणना जारी छ ।

    सीएनएनका अनुसार ट्रम्प २७० को बहुमतबाट केही मत मात्रै टाढा छन् । कमला ह्यारिसले भने अहिलेसम्म १८८ मत पाएकी छिन् । फक्स न्युजले पनि ट्रम्पको जितको घोषणा गरिसकेको छ । अहिलेसम्म ट्रम्पले १६ राज्यमा जितिसकेका छन् ।

    क्यालिफोनिर्यामा भने कमला ह्यारिसले जितेकी छिन् । यहाँ ५४ इलेक्टोरल भोट छ । यो अमेरिकाको कुनै पनि राज्यको सबैभन्दा धेरै हो । तर उनको यो जित पनि फिक्का बनेको छ ।

    ह्यारिसले सात स्वीङ्ग स्टेटमध्ये कुनै पनि जित वा अग्रता हासिल गर्न सकेकी छैनन् । प्रारम्भिक रुझानमै ह्यारिसको भन्दा ट्रम्पको अवस्था बलियो देखिएको थियो ।

    यसैबीच कमलाले हार्वार्ड विश्वविद्यालयमा आफ्ना कार्यकर्ताहरूलाई गर्ने भनिएको सम्बोधन रद्द गरेकी छिन् । यसलाई कमलाले आफ्नो हार स्वीकारेको रुपमा अथ्र्याउन थालिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया