काठमाडौँ । नर्वेले सामाजिक सञ्जाल प्रयोग गर्नका लागि न्यूनतम १५ वर्षको उमेर सीमा लागू गर्ने भएको छ ।
नर्वेले बालबालिकाको सुरक्षाका लागि सामाजिक सञ्जालमा न्यूनतम उमेर सीमा बढाएर १५ वर्ष पुर्याउन लागेको बेलायतको अखबार ‘द गार्जियन’ ले जनाएको छ । प्राविधिक कम्पनीहरू साना बालबालिकाको दिमागविरुद्ध खडा भएको सरकारको दाबी छ ।
नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरेले बालबालिकालाई ‘अल्गोरिदम’ को शक्तिबाट जोगाउन राजनीतिज्ञहरूले हस्तक्षेप गर्नैपर्ने बताउनुभएको खबरमा उल्लेख छ । प्रधानमन्त्री जोनासले सामाजिक सञ्जाल प्लेटफर्महरू उद्योगद्वारा दुरुपयोग भइरहेको र यसले प्रयोगकर्ताहरूलाई एकल दिमाग र शान्त बन्न अग्रसर गरिरहेको बताए ।
नर्वेमा अहिले समाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर सीमा १३ वर्ष छ । यद्यपि आधाभन्दा बढी नौ वर्षका बालबालिका, ५८ प्रतिशत १० वर्षका र ७२ प्रतिशत ११ वर्षका बालबालिका सामाजिक सञ्जालमा रहेका नर्वेको सञ्जार प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया