• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

दसैंयता सुनको भाउ बढेको बढ्यै, तोलाकै १ लाख ६५ हजार ६ सय रुपैयाँ

1.2K
SHARES



काठमाडौँ । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ पुगेको छ ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ ६ सय रुपैयाँले बढेको हो । दसैंयता नेपाली बजारमा सुनको भाउ हरेक दिन बढेको बढ्यै छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको थियो ।

दसैं बिदा सुरु हुनुअघि असोज २३ गते सुनको भाउ प्रतितोला १ लाख ५९ हजार १ सय रुयैयाँ थियो । दसैं बिदापछिको पहिलो दिन असोज २९ गते १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा लगातार रेकर्ड कायम भएको हो ।

असोज ३० गते १ लाख ६१ हजार ८ सय, कात्तिक १ गते १ लाख ६२ हजार ४ सय, कात्तिक २ गते १ लाख ६४ हजार ४ सय र कात्तिक ४ गते १ लाख ६५ हजार रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदी पनि अहिलेसम्मकै महँगो भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको छ । आइतबार भने चाँदीको मूल्य २ हजार ७५ रुपैयाँ रहेको थियो ।

मुख्यतः अमेरिकी बजारले सुनको मूल्य निर्धारण गर्छ । भारतीय बजारले पनि यसमा प्रभुत्व जमाउँदै आएको छ ।

 

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ