• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    साताको पहिलो दिन ४७ अंकले घट्यो नेप्से, बढ्यो कारोबार

    93
    SHARES



    काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७०० अंकमुनि झरेको छ ।

    अघिल्लो दिनको तुलनामा नेप्से ४७.४४ अंक घटेसँगै २६९७ मा कायम भएको छ । कारोबार रकम भने बढेको छ । गत बिहीबार ७ अर्ब १९ करोडको कारोबार भएकोमा आज ८ अर्ब १८ करोडको भयो । १८ कम्पनीको मूल्य बढ्दा २२६ को घट्यो ।

    सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.०२, विकास बैंक २.३४, फाइनान्स ४.००, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.१४, लगानी १.८९, जीवन बीमा २.४६, उत्पादन २.०५, माइक्रोफाइनान्स १.५२, निर्जीवन बीमा १.५२, अन्य १.५० तथा व्यापार समूह १.८६ प्रतिशत घटे ।

    कारोबार रकमका हिसाबले आइतबार गुडविल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । यसको ४५ करोड ७ लाख मूल्यको सेयर खरिदबिक्री भएको छ ।

    आइतबार सेन्सेटिभ इन्डेक्स १.५९ प्रतिशतले घटेको छ । आइतबार सबै उपसमूहको सूचक घटेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक ४ प्रतिशतले झरेको छ ।

    इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । गुडविल फाइनान्सको ८.४१, बुटवल पावरको ५.०३ तथा तेह्रथुम पावरको ४.९६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा गुडविल फाइनान्स, कुमारी बैंक, हिमालयन रिइन्स्योरेन्स, एचआईडीसीएल प्रमोटर र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया