• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    दशैंपछि खुलेको सेयर बजार २७०० अंक नजिक

    162
    SHARES



    काठमाडौं । दशैंपछि खुलेको सेयर बजार २७०० अंक नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३१. ४८ अंक (१.१७ प्रतिशत) बढेसँगै २६९९ मा कायम भएको छ ।

    कारोबार रकम भने घटेको छ । दशैं विदाअघिको दिन ३ अर्ब ७६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६ करोडमा सीमित भयो ।उत्पादनबाहेक सबै क्षेत्रका सूचक बढेका छन् । उत्पादन समूह ०.२२ प्रतिशत घट्यो ।

    फाइनान्स सूचक सबैभन्दा धेरै ४.६१ प्रतिशत बढ्यो । बैंकिङ १.५९, विकास बैंक १.५६, होटल तथा पर्यटन ०.८०, हाइड्रोपावर ०.७२, लगानी १.५२, जीवन बीमा १.००, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बीमा ०.५१, अन्य १.२१ तथा व्यापार समूह १.७६ प्रतिशत बढे ।

    जानाकी फाइनान्स र मिथिला लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । मल्टिपर्पस फाइनान्सको ९.३२, समृद्धि फाइनान्सको ६.८४, सेन्ट्रल फाइनान्सको ६.३६ तथा आईसीएफसी फाइनान्सको ५.९४ प्रतिशत मूल्य बढ्यो ।

    कारोबार रकमका आधारमा गुडविल फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ