• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    गोर्खा मिडियामा सहकारीको रकम गलत ढंगले आएको रविको स्विकारोक्ति

    1.4K
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकार गरेका छन् । तर त्यसमा आफ्नो कुनै संलग्नता नभएको उनको दाबी छ ।

    धनगढी विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले भने, ‘गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा गएको स्थापित भएको कुरा हो ।’

    तर त्यसमा आफ्नो संलग्नता नभएको उनको दाबी छ । आफू गोर्खा मिडियामा भएकै कारण अरुले गरेको बद्मासीको जिम्मेवारी लिनुपर्छ भन्ने नहुने उनले बताए । कसले बद्मासी गर्‍यो भनेर प्रहरी अनुसन्धानले देखाइसकेको भन्दै लामिछानेले भने, ‘त्यसमा मेरो संलग्नता छ कि छैन भन्ने जुन विषय हो, मैले लाभ लिएको हुनुपर्‍यो ।’

    उनले संसदको छानविन समितिले समस्या समाधान केन्द्रित भएर प्रतिवेदन दिन्छ भन्ने विश्वास व्यक्त गरे । लाखौं मानिस सहकारीबाट पीडित रहेको भन्दै उनले भने, ‘मलाई आशा छ, यसले निकास दिन सक्ने छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया