• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नक्कली भिसा मिलाइदिने नेपाली भारतबाट पक्राउ

    768
    SHARES



    काठमाडौँ । नक्कली भिसाको कारोबार गर्ने एक नेपाली भारतमा पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई दिल्ली प्रहरीले दिल्लीमा लुकेर बसेको ठाउँबाट पक्राउ गरेकाे हाे ।

    पक्राउ पर्ने नेपाली बुटवलका सुनिल थापा रहेका छन् । उनले ‘इजि मनि’ र विदेशमा राम्रो जीविकोपार्जन गर्ने वाचा दिएर मानिसहरूलाई प्रलोभनमा पार्ने गरेका थिए ।उनले नेपाली महिलालाई भारतीय राहदानीमा नक्कली हङकङ भिसा दिएको आरोप छ ।

    सबिना गुरुङ भारतीय राहदानी लिएर हङकङबाट अगस्ट ५ मा दिल्ली आइपुगेकी थिइन् । उनको चेकजाँच गर्दा उनी नेपाली भएको पाइएको थियो । २७ वर्षीया सविना लमजुङकी हुन् । सोधपुछका क्रममा सबिनाले भारतीय पासपोर्टबाट विदेश जान सजिलो हुने साथीले बताएकाले लिएको बताएकी छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया