• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

लुम्बिनी

लुम्बिनी प्रदेशका आठ जना विनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाँट, वन तथा वातावरणमा बादशाह कुर्मी

2.4K
SHARES



काठमाण्डौ। लुम्बिनी प्रदेशका आठ जना विनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाँट भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले गएको ९ गते नेकपा एमालेबाट ५ र कांग्रेसबाट ४ जना गरी ९ जना विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

कांग्रेसका धनेन्द्र कार्की, आर्थिक मामिला तथा योजना मन्त्री, सरोज थापा शहरी विकास तथा खानेपानी मन्त्री, बादशाह कुर्मी वन तथा वातावरण मन्त्री र प्रचण्डविक्रम न्यौपाने उद्योग, पर्यटन तथा यातायात मन्त्री बन्नुभएको छ । कांग्रेसले आफ्नो भागमा परेको एउटा मन्त्रालयमा मन्त्री अझै पठाउन सकेको छैन ।

त्यस्तै एमालेबाट भूमिश्वर ढकाल भौतिक पूर्वाधार विकास मन्त्री, दिनेश पन्थी कृषि तथा भूमि व्यवस्था मन्त्री, खेम सारु स्वास्थ्य मन्त्री र सीता शर्मा चौधरी ऊर्जा जलश्रोत र सिँचाइ मन्त्री बन्नुभएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ