काठमाडौँ । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ७८० रुपैयाँमा कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया