• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    श्याम ज्ञवालीमाथि छानबिन थालेकोमा कांग्रेस सांसदको असन्तुष्टि

    1.2K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी प्रमुख श्याम ज्ञवालीमाथि छानबिन थालेकोमा असन्तुष्टि जनाएका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद थानीले सरकार फेरिने बित्तिकै ज्ञवालीमाथि छानबिन थाल्दा भोलि आईजीपी कुँवरमाथि छानबिन नहोला भन्न नसकिने बताएका हुन् ।

    उनले आईजीपी कुँवरलाई हिजो आफू मातहत रहेको र सँगै काम गरेको प्रहरी अधिकारीलाई आज किन छानबिन गर्नुपर्‍यो भन्दै प्रश्न गरे । उनले भने,’ सीआइबी प्रमुखमाथि छानबिन गर्न टेकबहादुर राईको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बन्यो रे ? आईजीपी साप भोलि तपाईंमाथि पनि छानबिन होला । तपाईँ हिजो त्यही एआईजीको हाकिम होइन ?’

    थानीले बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकलाई प्रहरी सङ्गठन भद्रगोल रहेको र सोच विचार गरेर काम गर्न पनि आग्रह गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ