• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    म ढाँट्न जान्दिनँ, एमालेसँग सहमति भइसक्यो- देउवा

    802
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै नेताहरूसँग यसबारे चासो राखेका छन् ।

    प्रधानमन्त्रीको चासोमा एमाले अध्यक्ष ओलीले  देउवासँग ठ्याक्कै सहमति नै भइनसकेको बताएका थिए पनि ओलीसँग भेटेपछि बसेको पार्टीको पदाधिकारी बैठकमा प्रचण्डले यसबारेमा ब्रिफिङ गरेका थिए ।

    ‘केपीजीले शेरबहादुरजी, तपाईं र मेराबीचमा राष्ट्रिय सहमति गर्ने कुरा भएको छ भन्नुभयो,’ ओलीको भनाइ उद्धृत गर्दै प्रचण्डले बैठकमा भने,‘हामी तीन जनाको बैठक बस्ने कुरा भएको छ ।’ तर ओलीको कुरामा कुनै भरोसा नभएको प्रचण्डले बताएका थिए ।

    ‘बिहान चार घण्टा बसेर सबै कुरा मिलाएर निस्किनुभएको हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘मध्यरातमा देउवासँग सहमति नै गरिसक्नुभएछ। हामीमाथि ठूलो घात भयो।’ प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि फोन गरेर पछिल्लो घटनाक्रमका बारेमा बुझेका थिए । जबाफमा देउवाले एमालेलाई प्रधानमन्त्री दिने सहमतिपत्रमा हस्ताक्षर भइसकेको बताए ।

    ‘मैले ढाँट्न जान्दिनँ । एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरा भएको छ,’ देउवाको जबाफ उद्धृत गर्दै प्रचण्डले भने, ‘अब तपाईंसँग छलफल गर्ने विषय छैन।’ एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएपछि त्यसबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बसेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया