• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    युवा पलायन रोक्न उद्यमशीलता जरुरी : मन्त्री भण्डारी

    1K
    SHARES



    काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा पलायन रोक्न उद्यमशीलताको विकासमा जोड दिएका छन् । साेमबार नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको मन्त्रालयमा ज्ञापनपत्र बुझ्दै उद्यमशीलताको विकासले युवा पलायन रोक्न सघाउने बताएकाे हाे ।

    मन्त्री भण्डारीले उद्योग मन्त्रालय उद्यमशीलता विकासमा लागिपरेको बताए । उनले युवामा देखिएको निराशालाई चिर्न सरकार लागिपरेको जिकिर गरे । ‘अहिले देखिएको निराशा चिरेर आशा जगाउनु सरकारको प्रमुख धेय हो, यसमा सबैको साथ र सहयोग आवश्यक छ, तपाईंहरूका सुझाव कार्यान्वयन गर्न पहल गर्छु,’ मन्त्री भण्डारीले भने ।

    मन्त्री भण्डारीलाई नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागका प्रमुख सीता थपलियासहितको टोलीले नेपाल सरकारको स्टार्टअपका लागि सहुलियत कर्जा उपलब्ध गराउने प्रतिबद्धता अन्तर्गत ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ले कर्जा आवेदकबाट नवीन पद्दतिको अपेक्षा गरेको देखिए पनि त्यस्तो नवीन पद्दतिको मापदण्ड स्पष्ट गरी स्टार्टअप नीति र सम्बन्धित कार्यविधि परिमार्जन गर्नुपर्ने लगायतका माग राखेर १७ बुँदे मागपत्र बुझाएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया