• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    धनगढीमाई होटल एण्ड लजमा ३२ वर्षीय प्रमोद मृत फेला, साथमा गएकी महिला फरार

    1.2K
    SHARES



    काठमाडाैं।  सिरहाको धनगढीमाई नगरपालिका १० स्थित धनगढीमाई होटल एण्ड लजमा एक युवकको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ३ का करिव ३२ वर्षीय प्रमोद कुमार कामती रहेका छन् ।

    होटल सञ्चालक धर्मा महतोका अनुसार बिहान सढे ९ बजे एक जना महिलासँगै आएका कामती होटलमा प्रवेश गरेको जानकारी दिएका छन् । धेरै समय भइसक्दा समेत होटल चेक आउट नभएपछि ढोका खोल्दा काम ती मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेको होटल सञ्चालक महतोले जानकारी दिए ।

    पारिबारिक श्राेतका अनुसार मृतक कामती वैदेशिक रोजगारीबाट आज बिहानमात्र घर आइपुगेका थिए । मृतका बुवा रामनारायण कामतीले विदेशबाट आउने बितीकै कसैलाई केही नभनी छोरा घरबाट निस्किएको बताए। मृतक कामतीको श्रीमतीसहित तीन छोरा र दुई छोरी छन् ।

    कामतीको मृत्यु शंकास्पद रहेको जनाउँदै मृतक कामतीसँग प्रवेश गरेकी अपरिचित महिला फरार रहेको बताउँदै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनास्थलको प्रकृति हेरी मुचुल्का उठाउने काम भइरहेकोले तत्काल केही बताउन नसकिने जनाएकोछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया