• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

    1.2K
    SHARES



    काठमाडौँ। भेट्रान्स फरवार्ड तथा कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गरेको खेलमा पोर्चुगलले सहज जित हासिल गरेको  छ ।

    युरोकप २०२४ अघिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले आयरल्यान्डमाथि ३-० गोल अन्तरको सहज जित हासिल गरेको हो । खेलको १८औँ मिनेटमा पोर्चुगलका लागि जोआओ फेलिक्सले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा १–० गोलले अग्रता बनाएको पोर्चुगलका लागि ३९ वर्षीय कप्तान रोनाल्डोले ५०औँ र ६०औँ गोल गर्दै जित दिलाए। योसँग रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या १३० पुर्‍याएका छन्। यो अन्तर्राष्ट्रिय फुटबलमा कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल गरे ।

    यूरोकप २०२४ यही जुन १५ बाट जर्मनीमा आयोजना हुँदै छ। समूह एफ मा रहेको पोर्चुगलले आफ्नो पहिलो खेलमा १९ जुनमा चेक रिपब्लिकको सामना गर्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया