काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन तयार भएका छन् । विश्वासको मतसम्बन्धीको कार्यसूची सार्ने प्रस्ताव सभामुखको कार्यालयले अस्वीकार गरेपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय गरेका हुन् ।
मुख्यमन्त्री यादवले आफूनिकट दलहरुसँग गरेको परामर्शपछि विश्वासको मत लिन तयार भएको कांग्रेसका प्रदेश सांसद श्याम पटेलले जानकारी दिए ।
सांसद पटेलका अनुसार चार दलका सांसदहरुले विश्वासको मत लिन सुझाएपछि मुख्यमन्त्री यादवले सदनबाट विश्वासको मत लिन लागेका हुन् ।ना प्रदेश सांसदहरुको समर्थन आवश्यक छ ।
प्रतिक्रिया