काठमाडौं । संस्थापक सेयरधनी बंगलादेशको आईएफआईसी बैंकले नबिल बैंकको सेयर नबेच्ने भएको छ । आईएफआईसीले डेढ वर्षअघि नै नबिल बैंकको सेयर बेचेर बाहिरिने प्रक्रिया सुरु गरेको थियो ।
१ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बेच्नका लागि अघि बढाइएको कामकारवाही स्थगित भएको छ । नबिल इन्भेस्टमेन्ट बैंकिङले एक सार्वजिनक सूचना जारी गर्दै आईएफआईसीको नबिल बैंकमा विद्यमान सेयर कायमै राख्ने निर्णय भएको जानकारी गराएको छ ।
प्रतिक्रिया