• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना

3.9K
SHARES



तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले हार्ड ल्यान्डिङ गर्नुपरेको हो ।

इरानी गृहमन्त्रीका अनुसार उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ । तर मौसमका कारण घटनास्थल पुग्न कठिन भइरहेकाे छ । बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको इरानी मिडियाले बताएका छन् । यो पहाडी र जंगलले भरिएको क्षेत्रमा भिजिबिलिटी पाँच मिटरसम्म मात्रै रहेको छ ।

हेलिकप्टरले हार्ड ल्यान्डिङ गरेको क्षेत्र ताब्रिज सहरबाट पचास किलोमिटर टाढा भार्जेकन सहर नजिक छ। स्थानीय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति रईसी क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गरेपछि ताब्रिज सहरतर्फ जाँदै थिए ।

राष्ट्रपति इब्राहिम रईसीलाई इरानका कट्टरपन्थी नेता र देशका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीको नजिक मानिन्छन् । सन् २०२१ मा उनले राष्ट्रपति चुनाव जितेका थिए ।

चुनावी प्रचारका क्रममा राईसीले रुहानी शासनकालमा उत्पन्न भएको भ्रष्टाचार र आर्थिक सङ्कटसँग जुध्न आफैँलाई उत्तम विकल्पको रूपमा प्रचार गरेका थिए । इरानी न्यायपालिकाका प्रमुख रहेका रईसीको राजनीतिक विचारलाई ‘चरम कट्टरपन्थी’ मानिन्छ ।

रईसीको जन्म सन् १९६० मा इरानको दोस्रो ठुलो सहर मशादमा भएको थियो। यस सहरमा शिया मुस्लिमहरूका लागि सबैभन्दा पवित्र मानिने मस्जिद पनि छ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ