• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने

    1.2K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने भएको छ ।

    सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समेत गर्न नदिने निष्कर्ष निकालेको हो ।

    बैठकपछि रातोपाटीसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले भने, ‘संसदीय छानबिन समिति गठन हुनुपर्ने हाम्रो माग कायम छ । सरकारले संसदको अवरोध खुलाउने संकेत देखाएको छैन । हाम्रो माग पूरा नभएसम्म सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिँदैनौँ ।’

    उनले कांग्रेस सहकारी ठगीमा छानबिन समिति गठन हुनुपर्ने मागमा अडिग रहेको उनको भनाइ छ । ‘संसदको गतिरोध अन्त्य नहोस् भनेर सरकारले नै चाहेको हो कि भन्ने हाम्रो निष्कर्ष हो । हाम्रो जे निर्णय हो त्यो यथावत् हो’, उनले भने ।

    नीति तथा कार्यक्रम वा अरू जे भए पनि पार्टीले संसद् अगाडि बढ्न नदिने उनको भनाइ छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ । त्यसका लागि दिउँसो ३ बजे बैठक बोलाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ