• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    लाखौंको जागिर छोडेर सुँगुर पालनमा रमाइरहेकी २६ बर्षिया झोउ

    7.4K
    SHARES



    काठमाडौँ। चीनमा कर्पाेरेट क्षेत्रको आकर्षक जागिर छोडेर सुँगुर फार्ममा काम गर्न थालेकी २६ वर्षकी एक महिला यत्तिखेर सामाजिक सञ्जालमा चर्चित बनेकी छिन् । ९ देखि ५ सम्मको जागिर आफुलाई चित्त नबुझुएकोभन्दै ती महिलाले जागिर छाडेकी हुन् ।

    युनान प्रान्तकी झोउ थरकी ती महिलाले मुख्य विषय साहित्य लिएर स्नातक गरेकी छिन् । तर विगत तीन वर्षदेखि उनी मासिक ६ हजार युआन तलबमा सुँगुरको फारममा काम गरिरहेकी छिन् ।

    पहिलाको जागिर छोडेकोमा उनलाई कुनै पछुतो पनि छैन । ‘अब म खुशी छु किनभने म आफ्नै मर्जीको जीवन बिताइरहेको छु,’ झोउले भनेकी छिन् ।

    साउथ चाइना मर्निङ पोस्टमा छापिएको एउटा समाचारका अनुसार दक्षिणपश्चिमी चीनको युनान प्रान्तमा बस्दै आएकी झोउ एक कम्पनीमा राम्रो सेवा सुविधामा काम गरिरहेकी थिइन् ।

    तर उनलाई काममा रमाइलो लागिरहेको थिएन । एक दिन उनले राजीनामा दिइन् । तर घरमा बस्दा बस्दा उनलाई दिक्क लाग्न थाल्यो । केही समय उनले खेतबारीमा पनि काम गरिन् । एक साथीले उनलाई सुँगुर फारममा काम गर्न सल्लाह दिए । सुरुमा त उनी हिच्किचाइन् । उनलाई यो काम राम्रो लागेको थिएन ।

    पछि यही काम गर्ने प्रण लिइन् । यस काममा उनले परिवारको साथ र सहयोग पाइनन् । काम पनि सहज थिएन । सुँगुरहरू फोहोरी पशु हुन् । फोहोरमा बस्न मन पराउँछन् । तर उनले हार मानिनन् ।

    अहिले उनी सामाजिक सञ्जाल सेन्सेशन बनेकी छिन् । धेरैले उनलाई रोल मोडल भन्न थालेका छन् । झोउको भिडियो भाइरल हुन थाल्यो । झोउको यो कदमबाट प्रेरणा लिएर जागिर छोडी आफ्नै काम गर्नेहरू पनि छन् । सर्वत्र उनको प्रशंसा भइरहेको छ । झोउ आफैं सुँगुरहरूलाई खाना खुवाउँछिन् । सुँई लगाइदिन्छिन् । सुँगुरनीलाई सुत्केरी पन गराउँछिन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया