काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ ।
तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । चालु आवमा ५ अर्ब ५९ करोड संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म ८ अर्ब ५६ करोड संकलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी गराएका छन् ।
नाका सञ्चालन भएपछि व्यापार बढेको र मानिसहरूको आवतजावत बढिरहेकाले उक्त्त राजस्व संकलन भएको उनले बताए ।
केसीले यस तातोपानी भन्सार नाकामा भूकम्प पछिको समयमा व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताए ।
प्रतिक्रिया