• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

हैदराबादद्वारा पञ्जाब २ रनले पराजित

1.9K
SHARES



मुलनपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादले पञ्जब किंग्समाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ ।

हैदराबादले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८० रन मात्र बनाउन सक्य

रोमाञ्चक बनेको अन्तिम ओभरमा पञ्जाबलाई जीतका लागि २९ रन चाहिएको थियो । उक्त ओभरमा हैदराबादले आशुतोष शर्मालाई क्याच आउट गर्नबाट पटक–पटक चुकेको थियो । अन्तिम ओभरमा शशांक सिंहले छक्का प्रहार गरे पनि टोली २ रनले पछि रह्यो ।

खेलमा पञ्जाबले खराब सुरुवात गरेको थियो । मात्र २० रनमा टोलीले ३ विकेट गुमाइसकेको थियो । १६ औँ ओभरमा ११४ रन बनाउँदा टोलीका ६ ब्याट्सम्यान पभेलियन फर्किसकेका थिए ।

तर, शशांक सिंह र आशुतोष शर्माले विस्फोटक ब्याटिङ गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । सिंहले २५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन बनाए ।

त्यस्तै शर्माले १५ बलमा ३३ रनको योगदान दिए । उनले १५ बलमा ३ चौका र २ छक्का हिर्काए । यसैगरी साम करनले २९ रन तथा सिकन्दर राजाले २८ रन बनाए ।

हैदराबादका लागि भुवनेश्वर कुमारले २ तथा कप्तान प्याट कमिन्ससहित टी नटराजन, नितिश रेड्डी र जयदेव उनादकटले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । टोलीका लागि नितिश रेड्डीले ३७ बलमा ६४ रनको शानदार इनिङ्स खेले । उनले यस क्रममा ४ चौका र ५ छक्का हिर्काए ।

अब्दुल समादले २५ तथा ओपनर ट्राभिस हेडले २१ रनको योगदान दिए । यता पञ्जाबका लागि अर्शदीप सिंहले ४ तथा साम करन र हर्षल पटेलले २-२ विकेट लिए ।

५ खेलमा हैदराबादको यो तेस्रो जीत हो । टोली ६ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । यता खेलमा तेस्रो हार बेहोरेको पञ्जाब छैटौँ स्थानमा छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ