• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

नेपालद्वारा बरोडालाई १ सय ५७ रनको लक्ष्य

2K
SHARES



काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडालाई १ सय ५७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । नेपालका कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० र दीपेन्द्र सिंह ऐरी ५ रनमा नट आउट भए ।

सन्दीप जोरा १६ बलमा समान २ चौका र छक्कासहित २९ रन बनाएर रनआउट भए । एक समय १२.५ ओभरमा ८२-५ को अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि सन्दीप र कुशलले २९ बलमा ४७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

ओपनर आसिफ शेख र कुशल भुर्तेल ९-९ रनमा आउट भए भने अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ र गुलशन झा १३ रनमा आउट भए ।

भारतका बाबा खानले २, मोहित मोंगिया र परिक्षित पाटिदारले १-१ विकेट लिए । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो भने गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ