काठमाण्डौ । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र गृहमन्त्रीले तलब नलिने बताएका छन् ।
देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला तलब सुविधा लिन मनासिब नरहेको राष्ट्रपति जरदारीले उल्लेख गरेका छन् ।
पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का जरदारी हालै पाकिस्तानका १४ औँ राष्ट्रपति बनेका हुन् । आफ्नो कार्यकालमा तलब एक पैसा पनि नलिने घोषणा गरेको राष्ट्रपतिको सचिवालयलाई उद्धृत गरी एक्सप्रेस ट्रिब्यूनले उल्लेख गरेको छ ।
जरदारी पाकिस्तानका सबैभन्दा धनी नेतामध्ये एक हुन् । जरदारीको यो घोषणासँगै पाकिस्तानका नयाँ गृहमन्त्रीले पनि तलब नलिने बताएका छन् ।
नव गठित सरकारका नयाँ गृहमन्त्री मोहसिन नकवीले देशको आर्थिक अवस्थाका कारण आफ्नो तलब छाड्ने निर्णय गरेको बताएका छन् ।
प्रतिक्रिया