काठमाडौँ। उत्तरी जापानका विभिन्न ठाउँमा फेब्रुअरी शुरु भएसँगै दिनको समयमा तापक्रम एक्कासी बढेको छ । दक्षिण क्षेत्रबाट न्यानो हावा चल्दा जापानभर तापक्रम एक्कासी बढेको त्यहाँको मौसमसम्बन्धी निकायले जनाएको छ ।
होक्काइडोको मोम्बेत्सु शहरमा तापक्रम बढेर १७.१ डिग्री सेल्सियस पुगेको छ । यो तापक्रम सामान्यतया जुन महिनाको अन्त्यमा अनुभव हुने तापक्रम हो । उत्तरी जापानको अकिता सहरमा पनि तापक्रम २०.१ डिग्री, मध्य जापानको कानाजावा सहरमा २१.८ डिग्री र मध्य टोकियोमा १६.५ डिग्री पुगेको छ ।
जापानका थुप्रै भागहरूमा बेमौसमी तातो मौसम जारी रहने अनुमान गरिएको त्यहाँको मौसम सम्बन्धी निकायलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । एक्कासी तापक्रममा वृद्धि हुँदा हिउँ पग्लने सम्भावना धेरै रहेकाले तल्लो क्षेत्रका मानिसहरूलाई सम्भावित बाढी, खोल्सा र हिमपहिरोको जोखिम पर्न सक्ने भएकाले सतर्क रहन आह्वान गरिएको छ ।
प्रतिक्रिया