• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    मङ्गोलियामा अत्यधिक चिसोका कारण साढे ६ लाख भन्दा धेरै पशु मरे, जमिन बरफ जस्तै जम्यो

    3.5K
    SHARES



    काठमाडौँ। मङ्गाेलिया अत्यधिक चिसोका कारण साढे छ लाख वटाभन्दा धेरै पशु मरेका छन् ।

    मङ्गोलियाको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सीले यो वर्षको चिसोमा अहिलेसम्म ६ लाख ६७ हजार ८ सय ४१ वटा पशु मरेका जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    मङ्गोलियाका २१ वटा प्रान्तमध्ये पूर्वी सुखबाटर, खेंती, डोर्नोड र डोर्नोगोवीमा जनावरहरूको मृत्युको दर सबैभन्दा बढी छ ।

    त्यहाँ अत्यधिक चिसोका कारण जमिनसमेत जमेको छ । हजारौँ भेडा, गधा, चौरीगाईलगायतका पशु बरफ जमेजस्तै जमेका छन् । मङ्गोलियाको ८० प्रतिशत क्षेत्रमा अहिले १ सय सेन्टिमिटरसम्म हिउँ परेको छ ।

    मङ्गोलियामा संसारकै सबैभन्दा धेरै घुमन्ते किसान र पशुपालक रहेका छन् । मङ्गोलियाली सरकारले पीडित घुमन्ते गोठालाहरूलाई सहयोग गर्दै २० हजार टन घाँस र चारा प्रभावित प्रान्तहरूमा पठाएको छ ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या झन्डै ७ करोड रहेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया