• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

दीपेन्द्र यूएईको फ्रेन्चाईज लिगमा अनुबन्धित

2.4K
SHARES



काठमाडौं । अलराउण्डर क्रिकेटर दीपेन्द्र सिंह ऐरी यूएईको फ्रेन्चाईज क्रिकेटमा अनुबन्धित भएका छन् ।

इमिरेट्स क्रिकेट बोर्डले आयोजना गरेको इन्टरनेशनल लिग टी ट्वान्टीमा दीपेन्द्र अनुबन्धित भएका हुन् । दीपेन्द्रलाई इन्टरनेश्नल लिग टी ट्वान्टीको गल्फ जायन्टले अनुबन्धन गरेको हो ।

अघिल्लो वर्ष सुरुवात भएको यस प्रतियोगिताको दोस्रो संस्करण जनवरीमा सुरु भएको हो । यस प्रतियोगितामा ६ टिम सहभागी छन् ।

टी ट्वान्टी ढाँचामा सञ्चालन हुने प्रतियोगिता डबल राउण्ड रोबिन र प्लेअफमा आधारमा खेलाईनेछ । दीपेन्द्र आबद्ध टिम गल्फ जायन्ट ८ अंक सहित लिगको तेस्रो स्थानमा छ । जायन्टले लिग चरणमा अझै दुई खेल खेल्न बाँकी रहेको छ ।

दीपेन्द्र आबद्ध टिमले बिहीबार साँझै मुम्बुई इमिरेट्ससँग खेल्ने तालिका रहेको छ । लिगको अन्तिम खेलको रुपमा गल्फले अबुधाब किंग्स राइडर्ससँग खेल्नेछ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ