• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

डोनाल्ड ट्रम्प न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनावमा विजयी

3.2K
SHARES



काठमाण्डौ। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव जितेका छन् ।

ट्रम्पले ११ प्रतिनिधि पाएका वासिङ्गटन पोस्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनका प्रतिद्वन्द्वी निक्की हेलीले ८ जना प्रतिनिधि पाएका छन् । हेली राष्ट्रसंघीय पूर्व राजदूत छन् ।

प्राइमरीको नतिजा अनुसार न्यु ह्याम्पशायरमा रिपब्लिकन पार्टीका कुल २२ प्रतिनिधि छन् । यो प्राइमरी चुनावमा विजयी हुने राष्ट्रपतिको उम्मेदवार बन्ने लगभग निश्चित हुने विश्वास गरिन्छ । ट्रम्पले न्यु ह्याम्पशायर जितेपछि रिपब्लिकनका लागि यो दौड समाप्त भएको विश्लेषण गरिएको छ ।

पूर्व राष्ट्रपतिको लागि यो महत्वपूर्ण जित हो । यो जितसँगै ट्रम्पलाई आउँदो नोभेम्बरमा पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने हैसियत बनाइदिएको छ ।

राष्ट्रपति जो बाइडेन पनि डेमोक्र्याटबाट प्राइमरी चुनाव जित्ने अनुमान गरिएको छ । तर उहाँको पार्टी भित्रको लडाइँका कारण बाइडेनको उम्मेद्वारी सहज नहुने बीबीसीको खबरमा भनिएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ