• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

सन् २०२३ अहिलेसम्मकै तातो वर्ष बनेको रेकर्ड कायम

4.3K
SHARES



काठमाडौँ। सन् २०२३ अहिलेसम्मकै तातो वर्ष रहेको पुष्टि भएको छ । सन् १९४० जनवरीदेखिकाे तथ्याङ्क विश्लेषणबाट सन् २०२३ अहिलेसम्मकै तातो वर्षको रूपमा पुष्टि भएको युरोपियन युनियन (ईयू) को जलवायु सेवालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विशेषगरी खनिज इन्धनको प्रयोग बढेको सन् १९४० देखि सन् २०२३ सम्मको औसत तापक्रम भन्दा सन् २०२३ को औसत तापक्रम १.४८ डिग्री सेल्सियसले बढेको देखिएको छ ।

त्यसअघि सन् १८५० देखिकाे औसत तापक्रम भन्दा सन् १९४० को औसत तापक्रम १.४३ डिग्री सेल्सियसले बढेको थियो । गएको जुलाईपछिका हरेक दिनजसो विश्वव्यापी उच्च तापक्रमको रेकर्ड बन्ने गरेको देखिएको छ ।

सन् २०२३ को अक्टोबरमा पृथ्वीको तापक्रम अस्वाभाविक रूपमा बढेको देखिएको ईयूको प्रतिवेदनमा भनिएको छ । सन् २०२३ मा समुद्री सतहको तापक्रमले पनि यसअघिका रेकर्ड तोडेर एसबर्षको तापक्रम उच्चदेखिएको छ ।

खनिज इन्धनको प्रयोग तथा औद्याेगिकीकरण लगायतका कारण कार्बनडाइअक्साइड लगायतका ग्यास हावामा धेरै छोडिँदा तापक्रम बढिरहेको विज्ञहरूको भनाइ रहेको छ ।

सन् २०२३ मा अस्वाभाविक रूपमा बढेको तापक्रमको मुख्य कारण भने पूर्वी प्रशान्त महासागरमा देखिएको एल निनो रहेको ईयूको प्रतिवेदनमा भनिएको बीबीसीले जनाएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ