• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    ‘विद्युत् विदेशीलाई बेचेर कसरी हरित अर्थतन्त्र निर्माण हुन्छ ?’

    1.8K
    SHARES



    काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरित अर्थतन्त्र निर्माणका लागि नेपालमा उत्पादन भएको विद्युत् नेपालमै खपत गर्नुपर्ने बताएका छन् ।

    मंगलबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले भएको विद्युत् अरू देशलाई बेचेर नेपालमा कसरी हरित अर्थतन्त्र निर्माण हुनसक्छ भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न समेत गरेका छन् । उनले हरित अर्थतन्त्र विद्युतले मात्रै उत्पादन गर्नसक्ने बताए ।

    गौतमले हरित अर्थतन्त्रको विकास गरेको दिनबाट थप विद्युत् उत्पादन गरी बिक्री गर्नुपर्ने बताएका छन् । उनले विद्युत् बिक्री गरिएका सम्झौतहरु खारेज गरेर नेपालमै हरित अर्थतन्त्रको विकास गर्नुपर्ने बताए ।

    गौतमले सम्पूर्ण अर्थतन्त्रको आधार विद्युत् बनाउनुपर्ने पनि बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ