• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

यसकारण खसेको थियो उडिरहेकाे विमानको झ्याल

3.4K
SHARES



काठमाडौँ। अमेरिकामा उडानकै क्रममा विमानको १ भाग गायब भएको घटनामा छानबिन हुँदा नट बोल्ट राम्रोसँग नकसिएको पाइएको छ ।

विमान बोइङ ७ सय ३७ म्याक्स ९ एसको निरीक्षणको क्रममा नट बोल्टहरु खुकुलो रहेको पाइएको निरीक्षणमा सहभागी युनाइटेड एअरलाइन्सले जनाएको छ ।

गएको शुक्रवार अमेरिकाको ओरेगनबाट ओन्टारियो गइरहेको अलास्का एअरलाइन्सको विमानमा हावाको प्रेसरले विमानको एक भाग भाँचिएर छुट्टिएको थियो । तर विमान भने सकुशल अवतरण भएको थियो । त्यसपछि युनाइटेड एअरलाइन्सले विमानको निरीक्षण गरेको हो ।

विमानले फेरि सेवा शुरू गर्नुपूर्व विमानका सबै पार्ट्सहरू जाँच गरिने एअरलाइन्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यो विमान निर्माण गर्ने बोइङ एयरलाइन्सले विज्ञप्ति निकालेर दुर्घटनाको बारेमा सचेत रहेको र आफ्ना ग्राहकबाट थप जानकारी लिइरहेको जनाएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ