काठमाडौँ । अफगानिस्तानविरुद्धको ३ खेलको टी-२० सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ ।
टोलीको कप्तान रोहित शर्मा हुनेछन् । उनले पछिल्लो टी-२० विश्वकपपछि पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल्ने भएका छन् ।
रोहितबाहेक विराट कोहली र शुभमन गिल पनि फर्किएका छन् भने केएल राहुल, श्रेयस अय्यर, रविन्द्र जडेजालाई टिममा स्थान दिइएको छैन। सूर्यकुमार यादव, हार्दिक पाण्ड्या र रुतुराज गायकवाड चोटका कारण बाहिरिएका छन् ।
जनवरी ११ बाट सुरु हुने यो सिरिज टी-२० विश्वकपको तयारीका लागि महत्त्वपूर्ण बनिएको छ । जुनमा हुने टी-२० विश्वकप अघि भारतीय टोलीको यो अन्तिम द्विपक्षीय शृङ्खला हो ।
प्रतिक्रिया