• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    विप्लपको विद्यार्थी संगठनका केन्द्रीय सदस्यसहित २६ जना बैध्यको पार्टीमा प्रवेश

    4.7K
    SHARES



    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेकपा निकट अखिल (क्रान्तिकारी) परित्याग गरी २६ जना विद्यार्थी नेता कार्यकर्ताहरु मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा ध्रुवीकृत भएका छन् ।

    विप्लव नेकपा परित्याग गरी आएका २६ जना विद्यार्थी नेता कार्यकर्ताहरुलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ कार्यालय सदस्य सीपी गजुरेलले एक कार्यक्रमका बीच अबीर र खादा लगाएर स्वागत गरेका हुन् ।

    पार्टी कार्यालय कुपण्डोलमा आयोजित ध्रुवीकरण कार्यक्रममा नेता सीपी गजुरेल, विद्यार्थी संगठनका इन्चार्ज हरिकृष्ण गजुरेल र संयोजक मिलन राई लगायतका नेताहरुले विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेर ध्रुवीकरणमा आएका विद्यार्थी नेताहरुलाई स्वागत गरेका हुन् ।

     

    यसरी ध्रुवीकरणभइ आउने विद्यार्थी नेता कार्यकर्ताहरुमा रविना सदाशंकर-केन्द्रीय सदस्य, हस्त विक-केन्द्रीय सदस्य तथा काठमाडौं संयोजक, छत्र विक-केन्द्रीय सदस्य तथा काठमाडौं-३ संयोजक, सुनिल भूल-केन्द्रीय सदस्य तथा काठमाडौं-४ संयोजक, बजीर नेपाली-काठमाडौं-२ जिल्ला संयोजक, हस्त विक सक्षम- काठमाडौं-६ संयोजक, नवीन परियार- काठमाडौं-१ सचिव रहेका छन् ।

    त्यसैगरी ध्रुवीकरणमा आउनु हुने जिल्ला सदस्यहरुमा सुप्रिया नेपाली, देविका नेपाली, मनिषा विक, आरती नेपाली, लक्ष्मी विक, लेखराज मैनाली, अर्पण परियार, सक्षम सापकोटा, रामचन्द्र शिवाकोटी, अञ्जली तामाङ, दिवाकर, संगीता नेपाली, सुवास दुवाल, शेरबहादुर, हेमन्त बोहरा, सुनिल नेपाली, शंकर विक, महेश परियार (सिटिइभिटी सदस्य) लगायत रहेका छन् ।

    अखिल (क्रान्तिकारी)का संयोजक मिलन राईको अध्यक्षतामा भएको ध्रुवीकरण कार्यक्रमको सञ्चालन रुपा बुढाले गरकी हुन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ