काठमाण्डाै। लगातार छ दिनसम्म घटेको शेयर बजार आज बुधवार भने झन्डै २८ अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज २७.९० अङ्कले बढेर २ हजार ५८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर उकालो लागेकोमा जलविद्युत्, होटल तथा पर्यटन र लगानी समूहको शेयर उच्च अङ्कले बढेको छ ।
आज ७ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार हरियाली भएको दिन आज लक्ष्मी लघुवित्तको शेयर भने सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।
आज एक करोड ५ लाख कित्ता शेयर चार अर्ब चार करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २६ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
प्रतिक्रिया