• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

पाँच महिनामा ६ अर्ब रुपैयाँको आलु र प्याज आयात

14.4K
SHARES



काठमाडौँ । पाँच महिनामा ६ अर्ब रुपैयाँको २० लाख क्विन्टल आलु र प्याज आयात भएको छ । आलु आर्थिक वर्षको पाँच महिनामा सरकारले २० लाख ८९ हजार क्विन्टल आलु र प्याज आयात भएको भन्सार विभागले उल्लेख गरेको छ । आलु र प्याजमा ५ महिनामा ६ अर्ब १२ करोड रुपैयाँ खर्च भएको छ ।

आलु र प्याज आयात गर्दा सरकारले १ अर्ब ५४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चीन, भारत, इन्डोनेसियाबाट४ लाख ६३ हजार क्विन्टल प्याज आयात भएको भन्सार विभागले उल्लेख गरेको छ । ४ लाख ६३ हजार क्विन्टल प्याज आयात हुँदा १ अर्ब ९४ करोड रुपैयाँको बाहिरिएको छ ।

यस्तै, पाँच महिनामा १६ लाख २५ हजार क्विन्टल आलु आयात भएको छ । सो वापत् ४ अर्ब १७ करोड रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । भारतबाट र इण्डोनेसियबाट आलु आयात भएको हो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ