• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

गाजामा इजरायली सेनाद्वारा १ सय ११ प्यालेस्टिनीको हत्या

3.2K
SHARES



काठमाडौँ । गाजापट्टीमा बिहीबार इजरायली आक्रमणमा कम्तीमा १ सय ११ जना प्यालेस्टाइनी मारिएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयक अनुसार आक्रमणमा दर्जनौं घाइते भएका छन् । मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५ जना घाइते र ४३ वटा शवलाई दक्षिणी गाजापट्टीको खान युनिसस्थित नासेर अस्पतालमा पुर्याइएको छ ।

गाजा शहरको केन्द्रमा रहेको अल-दराज छिमेकमा रहेको एउटा घरलाई लक्षित गरी इजरायलीहरूले बमबारी गर्दा २६ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ ।

गाजा पट्टीको दक्षिणी भागमा रहेको रफाह शहरका चारवटा घरमा इजरायलले गरेको आक्रमणमा ४२ प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले उत्तरी गाजा पट्टीको बेइट लाहियाको कमल ओडवान अस्पतालमा आक्रमण गर्दै अस्पतालका निर्देशक र अन्य ७० जना मेडिकल स्टाफलाई गिरफ्तार गरेको मन्त्रालयले जनाएको छ । इजरायली सेना र सशस्त्र प्यालेस्टिनी समूहहरू बीच लडाइँ जारी रहेको छ ।

अक्टोबर ७ मा हमास-इजरायल द्वन्द्व शुरु भएपछि गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या १८ हजार ६ सय पुगेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ