काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडौंको बुढानिलकण्ठ, दहचोक, चितवनको शरदपुर र तनहुँको आँबूखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखाहरुबाट आइतबारदेखि नै सम्पुर्ण बैंकिङ सेवाहरु सुरु गरिएको उक्त्त बैंकले जनाएको छ । बैंक देशको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३ सय ५५ शाखा, ३ सय ७६ एटीएम, २ दया ७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ गाहार १ सय भन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिदै आएको छ ।
प्रतिक्रिया