• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विज्ञान-प्रविधि

भारतीय अन्तरिक्ष यान ‘आदित्य एल वन’ ले पठायो सूर्यका रंगिबिरंगी तस्वीर

6K
SHARES



काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले पठाएको आदित्य एल वन (Aditya-L1)ले अल्ट्राभायोलेट वेभलेन्थ प्रयोग गरी सूर्यको पहिलो पटक पूर्ण तस्वीर खिचेको छ ।

इसरोले आफ्नो आधिकारिक एक्स अकाउन्टमा आदित्य एल वनले खिचेका सूर्यका केही तस्वीरहरू शेयर गर्दै यसको जानकारी दिएको हो ।

इसरोका अनुसार सूर्यका यी तस्वीरहरू सोलार अल्ट्राभायोलेट इमेजिङ टेलिस्कोप (एसयूआईटी) पेलोड मार्फत प्राप्त खिचिएको हो । एसयूआईटी आदित्य एल वनमा राखिएका सात ओटा उपकरणहरूमध्ये एक हो । यसको मुख्य काम सोलार फोटोस्फियर र क्रोमोस्फियरको अल्ट्राभायोलेट तस्वीरहरू खिच्नु र सूर्यको प्रकाशमा हुने ऊर्जा कसरी परिवर्तन हुन्छ भनेर अध्ययन गर्नु रहेको छ ।

हालै खिचिएका यी तस्वीरहरूमा २ सय देखि ४ सय नानोमिटरसम्मको वेभलेन्थ समेटिएको इसरोले जनाएको छ । साथै यस पटक कैद भएका विवरण यस अगाडि कहिल्यै नखिचिएको समेत बताइएको छ । आदित्य एल वनले पठाएको यो डेटा सूर्य र पृथ्वीमा सूर्यको प्रभाव अध्ययन गर्ने वैज्ञानिकहरूको लागि उपयोगी हुने जनाइएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ