• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

१९ वर्ष मुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित

3.7K
SHARES



काठमाण्डौ। एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले २६ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो । पाकिस्तानका आजन आविस ५६ रनमा अविजित रहे ।

कप्तान साद बेग ५० रनमा आउट भए । मोहम्मद जिशान २० रनमा अविजित रहे । नेपालका गुलशन झाले २ र आकाश त्रिपाठीले एक विकेट लिए ।

त्यसअघि यूएईमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४७ ओभर २ बलमा १ सय ५२ रन बनाउँदा अलआउट भयो । नेपालका विकेटकिपर उत्तम थापा मगरले अर्धशतक बनाए । उनी ७६ बलमा ५१ रन बनाएर आउट भए ।

त्यस्तै दिपेश कंडेल ३१ र अर्जुन कुमाल २१ रनमा आउट भए । सुवास भण्डारी ८ रनमा अविजित रहे । विपिन रावल ७ रनमा, आकाश त्रिपाठी ६ रनमा, आकाश चन्द ५ रनमा, गुलशन झा र विशाल विक्रम केसी समान एक रनमा तथा कप्तान देव खनाल १३ बलमा शून्य रनमा आउट भएका हुन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ