• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कोशी

यातायात कार्यालय कोशीका तत्कालीन प्रमुखसहित ५ जना कारागार चलान

3.3K
SHARES



काठमाडौँ। यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुखसहित पाँच जना कारागार चलान भएका छन् ।

राजस्व हिनामिना मुद्दामा विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालीन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन् ।

फैसलापछि फरार भएका तत्कालीन कार्यालय प्रमुख नेपाल, लेखापाल मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी अदालतमा बुझाएको हो । मंगलबार पाँचै जनालाई कारागार चलान गरिएको मोरङ प्रहरीले जनाएको छ ।

विराटनगरमा लुकेर बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

उनले आफूहरूलाई फैसला कार्यान्वयन गराउने क्रममा प्राप्त नामहरूका आधारमा भ्रष्टाचार मुद्दामा फरार रहेको जानकारी प्राप्त भएपछि पक्राउ गरिएको जानकारी दिए ।

राजस्व हिनामिना सम्बन्धी सो भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौँले यातायात कार्यालय इटहरीका तत्कालीन तीन जना उपसचिवहरू रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, होमनाथ भट्टराई र लेखा अधिकृत सुरेश अधिकारी र सहलेखापाल टंकबहादुर खड्कासहित ११ जनालाई दोषी ठहर गरी कैद बिगो र जरिवाना तोकेको थियो ।

 

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ