• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

श्रीमान्- श्रीमतीकाे झगडाका कारण बैंकक जाँदै गरेकाे विमान दिल्ली ‘डाइभर्ट’

5.3K
SHARES



काठमाडौँ। यात्रीको उद्दण्ड व्यवहारका कारण जर्मनीको म्युनिखबाट थाइल्यान्डको बैंकका लागि उडेको लुफ्थान्साको विमानलाई बुधवार दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।

श्रीमान्श्री-मतीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले विमान दिल्ली डाइभर्ट गरेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो घटनाबारे दिल्ली विमानस्थलको उड्डयन सुरक्षाले भनेको छ, ‘श्रीमान्श्री-मतीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुपर्‍यो ।’

विमानले शुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो तर त्यो अनुरोधलाई पूरा गरिएन ।

त्यसपछि विमान सुरक्षितरूपमा दिल्ली विमानस्थलमा अवतरण भयो । विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षालाई बुझाइएको छ । लुफ्थान्सा एअरले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ