• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

जब सर्कसबाट भागेर सिंह सडकमा डुल्न थाल्यो (भिडियाेसहित)

2.9K
SHARES



काठमाडौँ। सर्कसको होस् या जंगलको, सिंह त सिंह नै हो नि! खुलेआमा घर वरपर डुलेको देख्दा मानिसहरूमा त्रास छाउँछ नै ।

यस्तै घटना घटेको छ इटालीमा । ‘जंगलको राजा’ सिंह त्यहाँको एक बस्तीमा पसेर मस्तसँग डुलिरह्यो । यही नोभेम्बर ११ को साँझ राजधानी रोम नजिकै लाडिस्पोली भन्ने टाउनमा पसेको सिंहले सडकमा यताउती गरिरह्यो। मानिसहरू डराएर घरबाहिर निस्किन सकेनन् ।

द टेलिग्राफका अनुसार त्यो दिन साँझतिर त्यहाँको एक सर्कसबाट किम्बा नाम गरेको सिंह बाहिर निस्केको थियो । सडकमा डुल्न थालेपछि स्थानीयहरू आत्तिए। त्यसपछि त्यहाँका मेयर अलेसेन्द्रो ग्रान्डोले स्थानीयहरूलाई घरभित्रै बस्न आग्रह गरे ।

उक्त सिंहलाई समात्न प्रहरी र सर्कसका कर्मचारीलाई खटाइयो । प्रहरीले हेलिकप्टरबाट इन्फ्रारेड क्यामेरा प्रयोग गरेर सिंहमाथि नजर लगाइरहे ।

सर्कसबाट भागेको ६ घण्टापछि बल्ल प्रहरी र सर्कसका कर्मचारीहरू मिलेर सिंहलाई समात्न सफल भए । मेयरले शहरमा सिंहसहितको सर्कस सञ्चालनको अनुमति आफूले नदिएको र त्यसलाई रोक्ने अधिकार पनि आफूसँग नभएको बताएका छन् ।

जनावर अधिकारकर्मीहरूले सर्कसमा जनावरलाई प्रयोग गर्न बन्द गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ