काठमाडौँ। इजरायली सेनाले नेपालीलाई अपहरण गरी शिफा अस्पताल लगिएको भिडियो सार्वजनिक गरेको छ ।
इजरायल डिफेन्स फोर्स (आईडिएफ)ले गएराति ट्वीटरमार्फत भिडियो सार्वजनिक गर्दै यो जानकारी दिएको हो ।
‘यो नरसंहारको दिन अक्टोबर ७, २०२३ को शिफा अस्पतालको कागजात हो, जुन बिहान १०:४२ बजे र ११:०१ बजेको बीचमा इजरायली क्षेत्रबाट अपहरण गरिएका नेपाली नागरिक र एक थाई नागरिकलाई देखाइएको छ, सशस्त्र हमास आतंकवादीहरूले घेरेको छ,’ भिडियो सार्वजनिक गर्दै आइडीएफले भनेको छ, ‘एक जना बन्धक घाइते भएका छन् र उनलाई अस्पतालको बेडमा लगिएको छ र अर्को हिँडिरहेको छ ।’
‘यी निष्कर्षहरूले प्रमाणित गर्दछ कि हमास आतंकवादी संगठनले अक्टोबर ७ मा नरसंहारको दिन शिफा अस्पताल परिसरलाई आतंकवादी पूर्वाधारको रूपमा प्रयोग गरेको थियो’ आइडीएफले भनेको छ ।
EXPOSED: This is documentation from Shifa Hospital from the day of the massacre, October 7, 2023, between the hours of 10:42 a.m and 11:01 a.m. in which hostages, a Nepalese civilian and a Thai civilian, were abducted from Israeli territory are seen surrounded by armed Hamas… pic.twitter.com/a5udjBw4wF
— Israel Defense Forces (@IDF) November 19, 2023
प्रतिक्रिया