• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    भारतले न्युजिल्याण्डलाई दियो ३ सय ९८ रनको लक्ष्य

    2.6K
    SHARES



    काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकपको बुधवार खेलिएको सेमिफाइनल खेलमा आयोजक राष्ट्र भारतले न्युजिल्यान्डलाई जितका लागि तीन सय ९८ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित ओभरमा चार विकेट गुमाएर तीन सय ९७ रन बनाएको हो ।

    मुम्बइस्थित वानखेड स्टेडियममा खेलिएको उक्त खेलमा भारतका लागि प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी शतक बनाए ।

    उनले टोलीका लागि एक सय १७ रनको योगदान गरे । यस क्रममा उनले एक सय १३ बलको सामना गरी दुई छक्का र नौ चौका पनि हानेका थिए ।

    त्यसअघि विराटले आफ्नै राष्ट्रका महान् खेलाडी सचिन तेन्दुल्करको कीर्तिमान तोडेका थिए । विराटले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले प्रहार गरेको शतक सङ्ख्यालाई उछिनेका हुन् । न्युजिल्यान्डविरुद्धको खेलमा शतक बनाएसँगै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विराटको शतक सङ्ख्या ५० पुगेको छ ।

    विराटले दुई सय ९१ एक दिवसीय खेलको दुई सय ७९ पालीमा ५० शतकका अतिरिक्त ७१ वटा अर्धसतक पनि बनाएका छन् । विराटले न्युजिल्यान्डविरुद्धको खेलमा एक सय ६ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले शतक बनाएका थिए । उनले खेलको ४१.४ ओभरमा न्युजिल्यान्डका बलर लोकी फर्गुसनको बलमा दुई रन लिँदै शतक पुरा गरेका थिए ।

    विराटले १० दिनअघि मात्र ३५औँ वर्षमा पाइला टेकेकै दिन अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सचिनको कीर्तिमानसँग बराबरी गरेका थिए । विराटले हालसम्म टेस्ट क्रिकेटमा पनि २९ वटा शतक प्रहार गरिसकेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया