काठमाडौँ । हङ्कङमा जारी ४ राष्ट्र सम्मिलित महिला टी-२० क्रिकेट शृंखलामा बुधबार तान्जनियाले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले लगातार आफ्नो चौथो र पाँचौँ विकेट गुमाएको छ ।
चौथो विकेटका रुपमा काजल श्रेष्ठ ९ रन बनाउँदै आउट भएकी हुन् । उनी टोलीकी विकेटकिपर पनि हुन् । काजलले ९ बलमा १ चौका पनि हिर्काएकी थिइन् ।
उनी रनआउट हुँदै मैदानबाट बाहिरिएकी हुन् । उनी आउट हुँदा नेपालले ४.१ ओभरमा १५ रन बनाएको थियो । त्यसलगत्तै नेपालले पाँचौँ विकेटका रुपमा पूर्वकप्तान रुबिना क्षेत्रीलाई गुमाएको थियो ।
उनी खाता खोल्नुअघि नै रन आउट भई पेभेलियन फर्किएकी हुन् । ४.६ ओभरमा उनी आउट हुँदा नेपालले केवल १७ रन बनााएको थियो ।
प्रतिक्रिया