• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कोशी

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले राजीनामा दिने

6.3K
SHARES



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् ।

उनले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने जनाइएको छ । उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो ।

विश्वासको मत प्राप्त हुने अवस्था नदेखेपछि उनले मार्गप्रशस्त गर्न लागेका हुन् । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले आजै राजीनामा दिने पुष्टि गरेका छन् ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शनिबार भएको भेटमा सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए ।

अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको उनले बताए । सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा पनि छलफल भएको छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालसँगको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र संसदमा सम्बोधन गर्नेबारेमा पनि छलफल भएको जानकारी दिए ।

प्रधानमन्त्रीले नेपालसँग भेट्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ