• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

नेप्सेसँगै घट्यो कारोबार रकम

4.4K
SHARES



काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले घटेको छ । सातामा दुई दिन बढेको नेप्से ३ दिन घट्दा परिसूचक ३२.९२ अङ्क अर्थात १.५९ प्रतिशतले घटेको हो । गत साताको शुक्रवार नेप्से परिसूचक २०६६ अंकमा कायम थियो ।

सातामा ३ दिन घटेपछि यो साताको अन्तिम कारोबार दिन बिहीबारसम्ममा २०३३ अंकमा आएर रोकिएको हो । यो साता नेप्से परिसूचक आइतबार र बिहीबार मात्रै बढेको थियो । आइतबार १४.८१ अंकले बढेको नेप्से बिहीबार ८ अंकले मात्रै बढेको थियो ।

यसबाहेक, सोमबार ३ अङ्क, मङ्गलवार ३१.८० अङ्क र बुधवार २०.३१ अंकले परिसूचक खुम्चिएको हो । यो साता नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ । गत साता नेप्सेमा १० अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

यो सातामा भने १० अर्ब ५० करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । जुन, गत साताको कारोबार रकमको तुलनामा ३० अर्बले न्यून हो ।

यस्तै, यो साता नेप्सेको पुँजीकरण समेत खुम्चिएको छ । नेप्से पुँजीकरण ०.५९ प्रतिशतले घटेसँगै ३० खर्ब ४३ अर्बमा आइपुगेको छ । गत साता नेप्से पुँजीकरण ३० खर्ब ६१ अर्ब रुपैयाँ थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ