• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

सुनको भाउ आज २ सयले बढ्यो, चाँदीको भाउ भने घट्यो

2.9K
SHARES



काठमाण्डाै । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आगामी असार २४ गतेबाट प्रिमियममा आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले १ सय अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १ सय १६ रुपैयाँ आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वसाधारण जारी हुने कुल ८ लाख ५८ हजार ९७ कित्तामध्ये १० प्रतिशतले हुन आउने ८५ हजार ८ सय १० कित्ता जारी गरेको हो । यसमा उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

त्यसैगरी, कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारीपुँजीको १० प्रतिशतले हुन आउने ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ बिक्री खुला गर्नेछ । यो आईपीओमा पोखरा महानगरपालिकाको वडा नं. १३, १४, २६ र २७ का स्थानीयले आवेदन दिन पाउनेछन् ।

स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । उनीहरुले साउन ७ गतेसम्म आवेदन दिन पाउनेछन् ।

मागबमोजिम आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद साउन २२ गतेसम्म लम्बिन सक्छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने अन्तिम म्याद भने साउन ७ गतेसम्म तोकिएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ