• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

आज पनि घट्यो सुन र चाँदीको मूल्य

7.7K
SHARES



काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ९ सय र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँमा तोकिएको थियो ।

यस्तै, भुक्तानी नेटवर्क ‘फोनपे’ र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्तेपे’बीच फोनपे क्यूआर भुक्तानी नेटवर्कमा आवद्ध हुन सम्झौता हस्ताक्षर भएको छ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा फोनपे र नमस्तेका प्रतिनिधि सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । यो सम्झौतासँगै, सबै नमस्तेपे प्रयोगकर्ताहरूले नेपालभरका १२ लाखभन्दा बढी फोनपे मर्चेन्टहरूमा फोनपे नेटवर्कमार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्युआर भुक्तानी गर्न सक्छन्‌ ।

सम्झौता हस्ताक्षरपछि कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले फोनपेको नेटवर्कमा नमस्तेपेलाई आधिकारिक रूपमा आवद्ध हुँदा नमस्तेपे प्रयोगकर्ताहरूले फोनपे क्यु-आर मार्फत पनि भुक्तानी गर्न सक्ने बताए । उनले नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्ने बताए ।

प्रयोगकर्ताहरूलाई व्यापक र सुविधाजनक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने साझेदारी महत्वपूर्ण बताउँदै नमस्तेपेसँगको साझेदारीले ग्राहकहरूलाई अझै बढी भुक्तानी विकल्पहरू मिलेको पनि बताए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ